नेकपाको स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्‍ने

  • प्रकाशित मिति : २०७७ बैशाख ३०, मंगलवार
  • nepaltale.com

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको बैठक बोलाएको छ । चर्को विवादपछि यसअघि वैशाख २५ बोला‌इएको बैठक स्थगित भएको थियो । पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी अध्यक्षहरुबाट भोलिको लागि सचिवालय बैठक डाकिएको छ,उनले भने ।

यसअघि नेकपाले यही २५ गते बैठक डाकेको थियो । तर, बैठकको लागि एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली बाहिरिएपछि अध्यक्ष पुष्पकमल दाहालसँग छलफलपछि बैठक स्थगित भएको थियो । अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीको अध्यक्ष दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समूहले विरोध गर्दै आएका थिए ।

दाहाल नेपाल समुहले सचिवालयमा प्रधानमन्त्री ओलीको राजीनामासमेत माग गरेका थिए । तर, दाहाल नेपाल समूहले आफूविरुद्ध घेराबन्दी गरेपपछि प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । नेता नेपालले प्रधानमन्त्री ओलीको प्रस्ताव अस्विकार गरेपनि उपाध्यक्ष गौतमले स्विकार गरेका थिए।

पार्टी फुटको संघारमा पुगेको बेलामा अध्यादेश प्रकरणपछि दाहाल नेपाल समूहका २० सदस्यले लिखित रुपमै बैठकको माग गरेका थिए। उनले बैठक स्थगित भएपनि यसअघि तोकिएको दिनमा असन्तुष्ट सदस्यहरु धुम्बाराहीमा भेला भएका थिए।