मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार साँझ २६ जना र दिउँसो ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको हो।
नेपालमा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा देखिएका छन्। पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगको छ। त्यस्तै उदयपुरमा ३० जना कोरोना संक्रमित फेला परेका छन्।
कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौँमा ४, मोरङमा २, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमित मध्ये हालसम्म ४३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।