२८ जिल्लालाई कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने ‘रेड जोन’मा राखियो

  • प्रकाशित मिति : २०७७ बैशाख ३१, बुधबार
  • nepaltale.com

काठमाडौँ उपत्यका र भारतसँग सीमा जोडिएका जिल्लासहित झन्डै २८ जिल्लालाई कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने ‘रेड जोन’ अर्थात् सबैभन्दा उच्च जोखिम भएको क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।

सङ्क्रमणको जोखिम र सङ्क्रमितको सङ्ख्याका आधारमा सरकारले रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी आन्तरिक रूपमा तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले सङ्क्रमण सङ्ख्या कम देखिएपनि काठमाण्डू उपत्यकालाई ‘रेड जोनुमा राखिएको हो।

‘रेड जोन’ सबैभन्दा उच्च जोखिम भएको क्षेत्र हो र ‘ग्रीन जोन’ ले सुरक्षित क्षेत्रलाई सङ्केत गर्छ। झन्डै एक महिना नयाँ सङ्क्रमित नभेटिएका जिल्ला ग्रीन जोन हुने बताइएको छ।