भीआईपीका सुरक्षागार्डमा कोरोना, नेकपा स्थायी समितिको बैठक स्थगित

  • प्रकाशित मिति : २०७७ बैशाख ३१, बुधबार
  • nepaltale.com

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बोलाइएको स्थायी समितिको बैठक स्थगित भएको छ।

भीआईपीका सुरक्षागार्डमा कोरोना संक्रमण देखिएको भन्दै बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरिएको नेपाल सचिवालयले जनाएको छ।

सचिवालय स्रोतका अनुसार भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको र स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेको कारण देखाउँदै बैठक स्थगित गरिएको हो।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित व्यक्ति भीम रावल गृहमन्त्री हुँदादेखि नै सुरक्षा टोलीका सदस्य रहदै आएका थिए। तर उनी एक महिनादेखि रावलसँग नरहेको पुष्टि भएको छ। नेकपाको अर्को बैठक कहिले बस्ने भन्ने बारेमा भने खुलेको छैन्।