नेपालमा कोरोना संक्रमित नर्सको संख्या २ पुग्यो

  • प्रकाशित मिति : २०७७ बैशाख ३१, बुधबार
  • nepaltale.com

भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुलेको छ। यो सँगै नेपालमा कोरोना संक्रमित नर्सको संख्या २ पुगेको छ।

सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षीया ती नर्समा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि ती नर्सलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।

यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको थियो।

यसैगरी भक्तपुरमै मंगलबार कोरोना पुष्टि भएका अर्का एक जना पूर्वमन्त्री भीम रावलका सुरक्षागार्ड रहेको पाइएको छ।