चुरोट पिउनेहरू कोरोनाको उच्च जोखिममा

  • प्रकाशित मिति : २०७७ बैशाख ३१, बुधबार
  • nepaltale.com

वासिङ्टन । धूम्रपान गर्नेमा कोभिड-१९ को खतरा बढि रहेको अध्ययनले देखाएको छ। अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीमा गरिएको एउटा नयाँ अध्ययनले धूम्रपान गर्नेहरूमा चुरोट नपिउने मानिस भन्दा बढि कोरोनाको जोखिम रहेको देखाएको छ।

अन्वेषकहरुका अनुसार यो महामारीको कारण मर्ने डर पनि त्यस्ता व्यक्तिहरूमा धेरै देखिएको पाइएको छ।

सामान्य मानिस भन्दा धूम्रपान गर्नेमा कोभिड-१९ को सङ्क्रमणको सम्भावना उच्च रहेको अध्ययनले देखाएको हो।

सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अनुसन्धान गरिरहेको युसीएसएएफ केन्द्रका प्राध्यापक स्टान्टन ग्लान्जले भनेका छन्,’धूम्रपान मानिसमा कोभिड-१९ को जोखिम निकै बढाउन सक्छ’।

अन्वेषकहरूले चीन, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकामा भेटिएका कोरोना संक्रमित सम्बन्धी अनुसन्धान पत्रहरू अध्ययन गरेर यस्तो कुरा पत्ता लगाएका हुन।

अध्येताहरूले ३० प्रतिशत चुरोट पिउनेहरूसँग १७ प्रतिशत धूम्रपान नपिउने संक्रमितको तुलना गरेका थिए। जसमा पिउनेहरूको अवस्था गम्भीर देखिएको छ।

अन्वेषकहरूले लेखेका छन्,”धूम्रपान र ई-सिगरेटको प्रयोगले सामान्यतया श्वासप्रश्वासको सङ्क्रमणको गम्भीरतालाई बढाउँछन्। यद्यपि कोभिड-१९ को मामिलामा यसले कति प्रभाव पार्छ भन्नेबारे पुस्टि भएको छैन।”