नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएका छन्। पछिल्लो पटक थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका २५ जिल्लामा कोरोना संक्रमण देखिएको छ।
शुक्रबार साँझ दाङमा ३ जनासहित अन्य ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म नेपालका २५ जिल्लामा २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर र दाङ जिल्लाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
ती मध्ये पर्सामा सधैभन्दा बढी ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कपिलवस्तुमा ३९, बाँकेमा ३३, रुपन्देहीमा २८, उदयपुरमा ३३, काठमाडौँमा ९, धादिङमा १, कैलालीमा ४, बारामा ३ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी धनुषामा ४, रौतहटमा ३, बाग्लुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, नवलपरासी (पश्चिम) मा १, सप्तरीमा १, सर्लाहीमा १, पूर्वी नवलपरासीमा १, मकवानपुरमा १ र दाङमा ३ जनामा कोरोना संक्रमण फेला परेको छ।