मलेसियामा सहकर्मीको हत्या गरेको अभियोगमा काठमाडौँबाट युवक पक्राउ

  • प्रकाशित मिति : २०८० पुष २, सोमबार
  • nepaltale.com

मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर फरार भएका एक युवक काठमाडौँबाट पक्राउ परेका छन् ।

महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौँ प्रहरीले शनिबार पक्राउ गरेको हो ।

साहले गत २५ मंसिरमा सहकर्मी झापा शिवसताक्षीका धनबहादुर प्रधानको हत्या गरेका थिए । हत्यापछि नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मलेसियास्थित नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको काठमाडौँ परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।