स्वास्थ्य मन्त्रालयले थप २ जनामा कोरोना संक्रमण भएको पुस्टि भएको जनाएको छ।
महोत्तरी र काभ्रेमा १/१ जनामा कोरोना पुस्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार संक्रमण पुस्टि हुनेमा काभ्रेका २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुष रहेका छन्।
काभ्रेमा पहिलो पटक कोरोनाको संक्रमण पुस्टि भएको हो । यो सँगै नेपालमा कोराना संक्रमितको संख्या २७८ पुगेको छ।