आज मृत्यु भएकी युवतीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गर्ने तयारी

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३, शनिबार
  • nepaltale.com

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सुत्केरीको कोरोनाले मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालसँग छलफल गरेको छ। बिहीबार राति करिब १० बजे मृत्यु भएकी महिलाकोबारे डा. गुणराज लोहनीको नेतृत्वमा डा. दिपेन रमण सिंहसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको हो। उनीहहरु छलफल गरेको फर्किएका छन्।

उनको आरडिटी र पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। तर मन्त्रालयले अध्ययन गर्ने भन्दै रिपोर्ट सार्वजनिक गरेको छैन्। यसैबीच उनको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गर्ने तयारी गरेको छ। शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको छ।

वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन्। घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो। आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो। पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको स्रोतले जानकारी दियो।-अन्नपूर्णपोस्ट