बंगलादेशको व्यवसायिक भवनमा आगलागी, ४३ जनाको मुत्यु

  • प्रकाशित मिति : २०८० फाल्गुन १८, शुक्रबार
  • nepaltale.com

बंगलादेशको एक व्यवसायिक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ ।

गत बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् । आगलागीमा परेका ७५ जनाको उद्धार गरिएको छ । बंगलादेशमा राम्रो अग्नी सुरक्षा सकर्तका नभएको तथा कमजोर पूर्वाधार भएको भन्दै आगलागीका घटनाहरु धेरै हुँदै आएका छन् ।

मृत्यु भएका ४३ जना मध्ये ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यले बताएका छन् ।

भवनमा आगलागी हुनुको कारण ग्यास चुहिएर अथवा स्टोभबाट आगो सल्किएको अनुमान गरिएको छ । आगलागी भएको भवनमा लत्ताकपडाका देखी मोबाइल पसल तथा रेष्टुरेन्टहरू भएको बताइएको छ ।