नेपाल भारतको सीमा नाकामा सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका छन् । आज बेलुका ७ बजे ५० बढी भारतीय नागरिकले नेपालका सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमा तैनाथ सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।
यो घटना झापाकाे कचनकवलमा शनिवार साँझ को हो । शनिबार दिउसो भारतबाट नेपाली भूमिमा लगाएको खेती उठाउन उनीहरु नेपाल प्रवेश गरेका थिए ।१२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीकाे टाेलीमाथि हमला प्रयास भएपछि फायरिङ गर्नु परेकाे जनाएको छ ।
भारतीय एसएसपी र नेपाल तफै कुनै समन्वय नगरी प्रवेश गरेको समूहलाई प्रहरी फिर्ता पठाएको थियो । तर बेलुका पूर्न हुल बाधेर नेपाल प्रवेश गरेका ति नागरिकलाई नेपाल तर्फबाट प्रहरीले खेदाउन बल प्रयोग गर्नु परेको प्रहरी स्रोतको भनाई छ । उनीहरुलाई खेदाउन एक राउन्ड हवाई फायर गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए। तर रातको समय पुनः आएका थिए।
घरेलु हातहतियारसहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्टमाथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको हो। सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । नेपालका सुरक्षाकर्मीले भारतीय एसएसबीको समन्वय अहिले सीमा सुरक्षा गरिरहेको छ । तर अन्य नागरिकका कारण समस्या उत्पन्न हुदै आएको छ ।