पाँचथरमा सवारी दुर्घटना एकको मृत्यू

  • प्रकाशित मिति : २०८१ जेष्ठ ११, शुक्रबार
  • nepaltale.com

पाँचथर । मेचीराजमार्ग अन्तर्गत हिलिहाङ ७ हेवाखोल नजिक शुक्रबार साझ सवारी दुघर्टना हुँदा एकको मुत्यु भएको छ । ताप्लेजुङ बाट झापा तर्फ जाँदै गरेको त्रिशक्ति कन्ट्रसनको बा१७ च ७९९९ नम्बरको कालो रङ्गको फर्चुनर टोएटा करीब सडकबाट ३० मिटर मुनी खसेर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुई जना सवार ट्याक्सी दुर्घटना हुँदा चालक नेपालगन्जका ३५ वर्षिय श्याम बिकको घटनास्थलमै मृत्यु भएको छ । घाइते रहेका इलाम जिल्लाका ३१ वर्षिय लक्ष्मण मुखियालाइ थप उपचारकाे लागी झापा रेफर गरीएकाे प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत बिवरण आउन बाँकि रहेको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले जानकारी दिए।