अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प अदालतबाट ३४ कसुरमा दोषी ठहर

  • प्रकाशित मिति : २०८१ जेष्ठ १८, शुक्रबार
  • nepaltale.com

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्म न्यूयोर्कको अदालतबाट ३४ कसुरमा दोषी ठहर भएका छन् ।

यो सँगै उनी दोषी ठहर भएर अपराधिक मुद्दामा तानिने प्रथम पूर्वराष्ट्रपति भएको बीबीसीले उल्लेख गरेको छ ।

दुई दिनको सुनुवाईपछि न्यूयोर्कको पूर्ण इजलासले सर्वसम्मत फैसला गरेको बताइएको छ । आगामी जुलाई ११ मा ट्रम्पलाई सजाय हुने बताइएको छ । तर, बीबीसीले जेल नभएर जरिवानाको सजाय हुन सक्ने बताएको छ ।

ट्रम्पको कानुन समुहले भने फैसलाको पुनरावेदन गर्ने बताएको छ । ट्रम्पका राजनीतिक समर्थकहरुले आगामी नोभेम्बरको राष्ट्रपति चुनावमा उठेका ट्रम्पलाई रोक्न कानूनी दुरुपयोग गरेको आरोप लाएका छन् ।