कालिमाटी बजार क्षेत्रमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति : २०७७ जेष्ठ ४, आईतवार
  • nepaltale.com

काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन बिभाग मातहतमा रहेका ९ सय ३२ कर्मचारी र कालीमाटी फलफुल तथा तरकारी बजार क्षेत्रका १ हजार ३४ गरी १९ सय ६६ जनाको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौँ महानरपालिका क्षेत्रभित्र बिहीबार र शुक्रबार गरी परिक्षण गरिएका १९ सय ६६ जनामै कोरोना संक्रमण नदेखिएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुष्टि गरेका छन् ।

‘कालीमाटी फलफुल तथा तरकारी बजार क्षेत्र सबै भन्दा बढी भिडभाड हुने स्थान हो,’ शाक्यले भने, ‘त्यहाँ भित्रबाट बिक्री हुने तरकारी, फलफुल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आयो । यो खुशीको कुरा हो ।’

उनले लकडाउनका बेला सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाका सफाई क्षेत्रका कर्मचारी खटिनुपर्ने भएकाले पहिलो परिक्षण नै त्यहाँ गरेको पनि उनले जानकारी दिए । ‘सफाई क्षेत्रमा काम गर्ने कर्मचारी धेरै छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले पनि दुबै ठाउँको परीक्षणको नतिजा नेगेटिभ आउनु खुशीको कुरा भएको भन्दै कोरोनाविरुद्धको लडाईँ जित्नका लागि सबै भन्दा ठूलो औषधी भनेकै सामाजिक दूरी कामय गर्ने र सेल्फ क्वारेन्टाइन भएको भन्दै सबैलाई यसको नियम पालना गर्न आग्रह गरे ।