मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, मन्त्री पाण्डे बढुवा, पौडेल पुगे १६ औंं नम्बरमा

  • प्रकाशित मिति : २०८१ श्रावण २४, बिहीबार
  • nepaltale.com

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् । पाण्डेको ठाउँमा पौडेल पुगेका छन् ।

मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् ।