बाँकेमा मृत्यु भएका युवकमा देखियो कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ जेष्ठ ४, आईतवार
  • nepaltale.com

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। आज बिहान ६ बजेर ४० मिनेटमा उनको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार मृत्यु भएका युवाको स्वाब संकलन गरेर चेकजाँच गरिएको थियो । परीक्षणमा ती युवकको कोरोना पोजेटिभ देखिएको छ । यसअघि सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो ।