नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ जेष्ठ ५, सोमबार
  • nepaltale.com

काठमाडौँ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।