विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल

  • प्रकाशित मिति : २०७७ जेष्ठ ५, सोमबार
  • nepaltale.com

विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । कोरोना संक्रमित भेटिएपछि विराटनगर वडा नं. ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाइएको नगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो।

आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला पाँच दिनअघि भारतबाट आएकी हुन् ।

संक्रमणको जोखिम बढेपछि अर्काे सूचना जारी नभएसम्म अतिआवश्यक बाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो।

सोमबारबाट स्थानीय प्रशासनले सम्भावित संक्रमितको खोजी समते सुरु गरेको छ ।