के चीनले कोरोनासम्बन्धी जानकारी लुकाएको हो ? अन्ततः स्वीकार गर्‍यो यस्तो गल्ती

  • प्रकाशित मिति : २०७७ जेष्ठ ५, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। चीनले अन्ततः कोरोनाभाइरसको सुरुवाती नमूना नष्ट गरेको स्वीकार गरेको छ। अमेरिकाले लगातार चीनमाथि सुरुवाती चरणमा भाइरससम्बन्धी जानकारी लुकाएको आरोप लगाएपछि चीनले आफ्नो गल्ती स्वीकार गरेको हो।

न्यूजवीकका अनुसार शुक्रबार चीनको नेशनल हेल्थ कमिशनका सुपरभाइजर लिउ डेंगफेंगले ३ जनवरीमा चीन सरकारले अनाधिकृत प्रयोगशालाबाट कोरोनाभाइरसको नमूनाहरुलाई नष्ट गर्न आदेश दिएको दाबी गरेका हुन्।



चीनले केही लुकाउनका लागि ती नमूनाहरु नष्ट गरेको भन्ने आरोपको भने उनले खण्डन गरेका छन्। उनले प्रयोगशालामा बायोलोजिकल सुरक्षा र अगाडि कुनै अर्को दुर्घटना नहोस् भनेर भाइरसलाई नष्ट गरिएको दाबी गरेका छन्।

चीनको नेशनल हेल्थ कमिशनका अधिकारीहरुले बेइजिङमा शुक्रबार एक पत्रकार सम्मेलनमा भाइरसका नमूना नष्ट गरिएको जानकारी दिएका थिए।

लिउ डेंगफेंगका अनुसार यस्ता नमूना राख्नको लागि ती प्रयोगशालाहरु अनाधिकृत थिए र चीनको स्वास्थ्य कानुनअनुसार उनीहरुले भाइरस नष्ट गर्नुपर्ने थियो।