‘महिला वन प्राविधिक संञ्जाल’ नामक संस्थाले जुम एप मार्फत भिडियो कन्फ्रेन्स भइरहँदा अश्लील हर्कत भएको घटनाप्रति आपत्ति जनाएको छ।
एक विज्ञप्ति मार्फत उक्त समुहले शनिवार ५ जना पुरुष र २७८ महिला सहभागी अनलाइन बैठक चलिरहँदा अपरिचित आइडीबाट होस्टले समेत नियन्त्रण गर्न नसक्ने गरि अश्लील भिडियो सेयर भएको जनाएको छ।
”वन क्षेत्रमा लैंगीक तथा सामाजिक समावेशीकरण : परिवेश, चुनौती र अवसर” शिर्षक मा अनलाइन कन्फ्रेन्स चलिरहँदा यस्तो हर्कत भएको हो। महिला सञ्जालले कानुनी उपचार खोज्ने जनाएको छ।
कोरोना भाइरस संक्रमणका कारण विश्वभरीका धेरै देशहरुमा लकडाउन छ।
अफिस बन्द हुँदा बैठकका लागि धेरै मानिस बैठक गर्न जुम मिटिङ एपको प्रयोग गरिरहेका छन्। उनीहरुले जुम मार्फत भर्चुअल मिटिंग गर्ने गरेका छन् ।
लकडाउनको समयमा जुम एप अचानक चर्चामा आएको हो।तर, जुम एप सुरक्षित नरहेको भन्दै सर्तकर्ता अपनाउन धेरैले सुझाव दिँदै आएका छन्।
केही दिन अघि भारतीय गृहमन्त्रालयले एउटा गाइडलाइनमा जुम एप सुरक्षित नरहेको जनाएको थियो।