नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका सक्रमित थपिएका हुन्।
आज बाँकेमा मात्र ४७ जनामा कोरोनाभाइरसको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।
कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।