भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित

  • प्रकाशित मिति : २०८२ पुष १८, शुक्रबार
  • नेपाल टेल संवाददाता

झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।

९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दर्घटनामा परेको थियो ।



नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।

उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।