धनकुटा जिल्ला अस्पतालका प्रहरीसहित ५ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ जेष्ठ ६, मंगलवार
  • nepaltale.com

धनकुटा जिल्ला अस्पतालका एकजना प्रहरीसहित ५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। बाँकी चार जना संक्रमितहरूमध्ये एकजना नर्स, दुईजना हेल्थ एसिस्टेन्ट र एकजना नर्सका श्रीमान हुन्।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो।

यसअघि पनि सोही अस्पतालकी एकजना नर्सलाई संक्रमण देखिएको थियो। त्यसपछि उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो।