कांग्रेस विशेष महाधिवेशन : राष्ट्रपति पौडेलको नाम, राष्ट्रपति कार्यालयले आपत्ति जनायो

  • प्रकाशित मिति : २०८२ पुष २९, मंगलवार
  • नेपाल टेल संवाददाता

कांग्रेसको विशेष महाधिवेशनको मतदाना नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन शीतल निवासले अनुरोध गरेको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको भन्दै निर्वाचन समितिलाई हटाउन आग्रह गरेका हुन् ।



भृकुटीमण्डपमा निर्वाचन आयोगले टाँस गरेको मतदाता नामावलीको सूचीमा पौडेलको नाम २ नम्बरमा छ । उनको पदमा ‘नेता’ लेखिएको छ ।
https://nepaltale.com/archives/36308

यसैबिच विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।