नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी तथा राजनीतिक संघर्ष अघि बढाउने निर्णय गरेको छ।
शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो।
देउवा पक्षका प्रवक्ता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार अदालत जाने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार आयोगको निर्णयले पार्टीभित्रको विवादलाई झनै जटिल बनाएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोजिनुका साथै राजनीतिक रूपमा पनि संघर्ष जारी राखिनेछ।