लन्डन । लन्डनमा ‘नेपाल म्युजिक फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । कार्यक्रममा चर्चित गायक विपुल क्षेत्री र कुटुम्ब ब्यान्डको विशेष प्रस्तुति रहनेछ ।
मामा घर इन्टरटेन्मेन्टको आयोजनामा आगामी २८ फेब्रुअरीका दिन लन्डनस्थित प्रसिद्ध कन्सर्ट भेन्यु ट्रोक्सीमा फेस्टिभल हुन लागेको हो । कार्यक्रमको होस्टको रूपमा सिर्जना गुरुङ रहनेछिन् ।
यूकेमा बसोबास गर्ने नेपाली समुदायलाई एकै स्टेजमा नचाउँदै नेपाली संगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ ।
