ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

  • प्रकाशित मिति : २०८२ माघ ४, आईतवार
  • नेपाल टेल संवाददाता

नेकपा एमालेले ताप्लेजुङमा क्षितिज थेवेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । सो क्षेत्रबाट पार्टीका उपमहासचिव योगेश भट्टराई समेत उम्मेदवार हुने दौडमा थिए ।

दौडमा रहेको भट्टराईलाई पछि पार्दै थेवेले टिकट हाता पारेका हुन् ।



उनी युवा संघ नेपालका अध्यक्ष समेत हुन् ।

यस्तै सोही क्षेत्रबाट कोशी प्रदेश सभा सदस्य रहेका तिलकुमार मेन्यांवो पनि प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षी रहेका थिए ।