पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

  • प्रकाशित मिति : २०८२ माघ ५, सोमबार
  • नेपाल टेल संवाददाता

मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनी पोखराबाट पक्राउ परेका हुन् ।

पोखराको लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरी फर्किने क्रममा चाउथेबाट प्रसाईंलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । हाल उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।



साइबर ब्युरोको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरी काठमाडौं पठाउन लागिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले पैसा लिएर निर्णय गरेको आरोपसहित सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्दै साइबर ब्युरोमा पत्राचार गरेको थियो । त्यसकै आधारमा प्रसाईंलाई पक्राउ गरिएको जनाइएको छ ।