गगनले त्यागे लामो समय एकछत्र राज गरेको क्षेत्र, सुमनालाई उपहार…

  • प्रकाशित मिति : २०८२ माघ ५, सोमबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेकी पूर्वमन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसबाट चुनाव उठ्ने पक्का भएको छ।

कांग्रेस सभापति गगन थापा निकटसँग संवाद जुटेकी सुमना अन्ततः कांग्रेसबाट उठ्ने तय भएको गगननिकट एक नेताले बताए।



सुमनाका लागि सभापति थापा काठमाडौं–४ छोड्न तयार भएका छन्। सो क्षेत्र गगनले लामो समय एकछत्र राज गरेको क्षेत्र हो।

कांग्रेस स्रोतका अनुसार सभापति थापा काठमाडौं–१ बाट उठ्ने लगभग पक्का भएको छ। यद्यपि उनी कपिलवस्तुको कुनै एक क्षेत्र जाने सम्भावना पनि उत्तिकै रहेको एक नेताले बताए।

सभापति रवि लामिछानेको कार्यशैलीमा असन्तुष्टि जनाउँदै श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन्।