शिक्षकले सृजना गरे घरमै बसीबसी पढ्ने वातावरण

  • प्रकाशित मिति : २०७७ बैशाख ८, सोमबार
  • nepaltale.com

जनकपुर – प्राविधिक शिक्षक एसोसिएसन प्रदेश नं. २ ले घरमै बसी बसी विद्यार्थीले पढ्ने वातावरण सृजना गरेको छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न भन्दै सरकारले लकडाउनको निर्णय गेसँगै विद्यार्थीको पठन पाठन अवरुद्ध हुँदै आएको छ । यस्तो अवस्थामा अनलाईनबाटै तयारी कक्षा नमूना प्रश्न, नमुना प्रशनोतर तथा पुर्व सोधिएका प्रश्नहरुको समाधान निकाल्ने गरी कार्य गरेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले सामाजिक सञ्जाल फेसबुकमा नमुना प्रश्न र उत्तरहरु राखेको छ । जसमा विद्यालय तहका प्राविधिक धारका विद्यार्थीको मागलाई मध्यनजर गर्दै छ वटा संकाय छुट्याईएको छ । त्यसको जिम्मा छुट्टा छुट्टै विषय शिक्षकलाई दिईएको एसोसिएसनका प्रदेश २ का अध्यक्ष डा.सुमन कुमार सिंहले जानकारी दिए । पशु विज्ञान, बाली विज्ञान, ईञ्जिनियरिङ्, कम्प्युटर, ईलोक्ट्रिकल र सिभिल ईञ्जिनियरिङ्का प्रशिक्षकहरुले पनि फेसबुक ग्रुप बनाएर विद्यार्थी माझ मोडल प्रश्न र उत्तर साझा गरेका छन् । यसका लागि ईमेल मार्फत् पनि सहजीकरण गरिएको सिंहले बताए । साधारण धार तर्फका सम्पुर्ण बिषयको पाठपुस्तक उपलब्ध भए पनि प्राविधिक धार तर्फ कुनै पनि पुस्तक पाड्यक्रम विकास केन्द्रले तयार पारेको छैन । यस्तो बेला एसोसिएसनले आफै पुस्तक तथा म्यानुअल बुक प्रकाशन गरेको छ । यो कार्यले अहिले रोकिएको कक्षा १०, ११ र १२ को परीक्षा तयारीलाई सहज बनाउने अपेक्षा समेत गरेको सिंहले बताए ।

भविष्यमा पनि विद्यार्थीका हकहितका लागि एसोसिएसनले थप कार्य गर्ने योजना बनाएको अध्यक्ष महेश पौडेलले जनाएका छन् ।