नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन आयोगका अनुसार पाँच जना उम्मेदवारविरुद्ध परेका उजुरीमध्ये तीनवटा उजुरी खारेज भइसकेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध परेका उजुरी पनि खारेज गरिएको छ ।
यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि खारेज भएको छ