हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित

  • प्रकाशित मिति : २०८२ माघ १०, शनिबार
  • नेपाल टेल संवाददाता

नेपाली कम्युनिस्ट पार्टीले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको आधिकारिक निर्देशनभन्दा बाहिर गएर उम्मेदवार, प्रस्ताव र प्रचारमा हिँडेको भन्दै नेकपाले उनीहरुलाई कारबाही गरेको हाे।



सिन्धुली २ मा महेश्वर दाहाललाई बागी उम्मेदवार बनेका छन्। उनलाई नेता गजुरेलले साथ दिएका छन्। त्यहाँ नेकपाले राजन दाहाललाई उम्मेदवार बनाएको छ।


कारबाहीमा पर्नेहरूमा दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहा धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्। धर्मनाथ नेकपा छाडेर सिराहा ४ मा एमालेबाट उम्मेदवार बनेका छन्।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका केसीले दाङ १ मा बागी उम्मेदवारी दिएका छन्। पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिएका थिए।