क्रिमसन अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु , हल्लामात्रै

  • प्रकाशित मिति : २०७७ जेष्ठ ७, बुधबार
  • nepaltale.com

नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ । अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ ।

प्रदेशका जिम्मेवार मन्त्रीले दिएको सूचनाका आधारमा हामीले समाचार प्रकाशन गरेको हो। मन्त्रीले दिएको सूचना अस्पतालले गलत बताएको छ। उक्त समाचारका कारण पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौं।