पेट्रोलियम पदार्थको मूल्य वृद्धि

  • प्रकाशित मिति : २०८२ फाल्गुन ४, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको हो ।



निगमले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको जनाएको छ ।