संसारभरका ८ हजार बढी यात्री कतार विमानस्थलको ट्रान्जिटमै रोकिए

  • प्रकाशित मिति : २०८२ फाल्गुन १९, मंगलवार
  • नेपाल टेल संवाददाता

मध्यपूर्वमा युद्धको त्रासदीसँगै संसारभरबाट यात्रा गर्ने ८ हजारभन्दा बढी मानिस दोहाको ट्रान्जिटमा रोकिएका छन् ।

कतार एयरलगायत विभिन्न एयरलाइन्सबाट यात्रा गरिरहेका यात्रु विमानस्थल बन्द भएपछि ट्रान्जिटमा रोकिएको कतार सरकारले पुष्टि गरेको छ ।



कतारी विदेश मन्त्रालयले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि इरानले गर्न खोजेको आक्रमण असफल पारिएको जनाएको छ ।

इरानले कतारलगायत अमेरिकी सेनाका आधार शिविर राखिएको खाडी मुलुकमाथि हमला जारी राखेको छ ।