युवा व्यवसायी थापाले अल्डरसटमा खोले ‘जेबी फर्निचर’

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

अल्डरसट । युवा व्यवसायी स्पन्दन थापाले अल्डरसटमा ‘जेबी फर्निचर’ नामक फर्निचर पसल सञ्चालनमा ल्याएका छन् । विलिंटन सेन्टरस्थित पोस्ट अफिसको अपोजिटमा उनले हालै उक्त पसल सुरु गरेका हुन् ।

पसलमा ग्राहकको रोजाइअनुसार विभिन्न प्रकारका फर्निचर सामग्री उपलब्ध हुने थापाले बताए । गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ग्राहकलाई सामानबारे आवश्यक जानकारी प्रदान गर्ने तथा उनीहरूको चाहनाअनुसारका फर्निचर उपलब्ध गराउने व्यवस्था छ ।



पसलमा उडन तथा मार्बलको डाइनिङ टेबल, दराज, म्याट्रेस, कुर्सी, सिंगल तथा डबल बेडका साथै वृद्ध तथा युवाहरूका लागि उपयुक्त विभिन्न लग्जरी बेडहरू पनि उपलब्ध छन् ।

ग्राहकले फर्निचर नगदका साथै किस्ताबन्दीमा पनि खरिद गर्न सक्ने व्यवस्था छ । किस्ताबन्दीमा खरिद गर्दा शून्य ब्याजको सुविधा समेत उपलब्ध रहेको थापाले जानकारी दिए ।

सबै सामानमा १० वर्षको वारेन्टी दिइने उनले जनाएका छन् । फर्निचर व्यवसायमा लामो समयदेखि अनुभव हासिल गरेका थापाले ग्राहकको विश्वास जित्ने लक्ष्यका साथ पसल सञ्चालनमा ल्याएको जनाएका छन् ।