शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा लिग सुरु हुन लागेको हो ।

ललितपुरको च्यासल मैदानमा बिहान ११ बजे सुरु हुने उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, आज दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् ।



लिगमा नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लब, एपीएफ क्लब, झापा एफसी, न्यू रोड टिम (एनआरटी),संकटा क्लव, त्रिभुवन आर्मी क्लब, बागमती युवा क्लब र चर्च ब्वाइज युनाइटेड सहभागी छन् ।

सिंगल राउन्ड रोविनका आधारमा हुने खेलहरु वैशाख १२ गतेसम्म सञ्चालन हुने एन्फाले जनाएको छ ।