उपसभामुख चयनका लागि आगामी शुक्रबार निर्वाचन

  • प्रकाशित मिति : २०८२ चैत्र २५, बुधबार
  • नेपाल टेल संवाददाता

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले आगामी शुक्रबार उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् ।



सभामुख अर्यालले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।