नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा सार्वजानिक गरेसंगै नेपालमाथि खनिएका भारतिय संचामाध्यामलाई नेपाली कांग्रेसका नेता एंव पूर्व सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले सवक सिकाएका छन् । नेपालको नयाँ नक्सालाई लिएर नेपालमाथि मात्र होईन अभिनेत्री मनिषा कोइरालालाई भारतको खाने चीनको गित गाउने जस्तो तुच्छ आरोप लगाउदै खनिएका भारतिय संचारमाध्यामलाई भारतीय न्यूज च्यानल रिपब्लिक मार्फत सबक सिकाएका हुन् ।
बुधबार साँझ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल केही भारतीय अतिथिसँगै बहसमा सहभागि डा रिजालले पत्रकार अर्णव गोस्वामीले चाइना युजेज नेपाल नाम दिएर संचालन गरेको कार्यक्रममा अर्णवले लामो न लामो प्रश्नको आशय नेपालले चीनको इशारामा नयाँ नक्सा सार्वजनिक गरेको भन्ने थियो ।
तर जवाफमा कांग्रेस नेता डा रिजालले अर्णव, तपाईंले प्रश्न गरेका हो कि कुनै मन्तव्य दिनुभएको हो भनि उल्टै प्रश्न गर्दै नेपालमा यसरी अन्तर्वार्ता नलिने स्पष्ट पारे । उनले नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद भएको र आफुहरु द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहेका स्पष्ट पारे ।
डा रिजालले नक्सामा समेटिएका भुभाग आफ्नो भएको पुष्टि गर्न यथेष्ट प्रमाण आफुहरुसंग भएको बताए । उनले भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटन समाधान गर्ने वार्तामा बसौं भन्ने नेपालले चाहेको बताए । उनले यो विषयमा चीनलाई जोड्नु कुनै तुक नभएको पनि बताए ।
त्यसपछि कार्यक्रम प्रस्तोता अर्णवले विषयलाई मोड्दै प्रधानमन्त्री केपी ओलीले संसदमा दिएको वक्तव्य स्मरण गराउदै चीनको कोरोना भाइरसभन्दा भारतबाट आएको भाइरस कडा रहेछ भन्ने तपाईंको प्रधानमन्त्रीको कस्तो बहुलठ्ठीपूर्ण तर्क हो भनि प्रश्न गरे । डा रिजालले आफु र आफ्नो पार्टीले सीमा सम्बन्धमा सरकारले लिएको अडानको समर्थन गरेको तर कोरोनाका बारेमा प्रधानमन्त्रीले के मके भने आफ्नो सरोकारको विषय नभएको बताए ।
भिडियो हेर्नुस्
डा. मिनेन्द्र_रिजाल(प्रतिपक्ष नेपाली कांग्रेसका नेता) संग असभ्य-अशिक्षित भारतीय_मिडियाको कुराकानी ।
#भारतीय_मिडिया = हेर्नुस्, नेपाल चीनको ईसारामा भारतलाई घेराबन्दी गरिरहेको छ। यो नेपालको हित विरुद्द छ।
#डा_मिनेद्र_रिजाल= सुन्नुस्
(भारतीय मिडिया सुन्दैन आफ्नै शैलीमा झन् भुक्न थाल्छ)
#भारतीय_मिडिया = हेर्नुस् नेपाललाई भारतले प्रजातन्त्र देखि नै सिकाई रहेको छ, कसरी के गर्ने।
#डा_मिनेन्द्र_रिजाल = यत्रो ठूलो भारतीय मिडिया र राजनीतिज्ञको सामू बोल्न बोलाएको कि मलाई के गर्ने के नगर्ने भनेर सुनाउन ल्याएको। मैले बोल्न नपाउने हो कार्यक्रममा।
#भारतीय_मिडिया = ल बोल्नुस् न त।
#डा_मिनेन्द्र_रिजाल= पहिलो कुरो तैले पत्रकारीता कसरी गर्नु पर्छ, त्यो सिकेर आईज। वक्ताको सम्मान गर्न सिक। भारतीय मिडिया अधिकांस यस्तै हुन्छ, तर नेपालमा यस्तो चल्दैन। नेपाली मिडिया धेरै सभ्य अनि सम्मानजनक छन् ।
#भारतीय_प्रस्तोता = मलाई पनि थाहा छ, नेपालको मिडिया। बरु विषयमा बोलौं न। ( बल्ल यो पाली अलि नम्र हुन्छ प्रस्तोता )
#डा_मिनेन्द्र_रिजाल = पहिलो कुरा कालापानी, लिम्पियाधुरा, लिपूलेक नेपालको हो। यसमा म लगायत नेपाली कांग्रेसको पूरै समर्थन छ।
#भारतीय_मिडिया = होईन यो त भारतको हो!
#डा_मिनेन्द्र_रिजाल = भारतको हो भने जा न त जान प्रमाणित गरेर देखा। का जान्छ्स् जा। हामी विना प्रमाण बोलेका छौं।
#भारतीय_मिडिया (कुरा अन्त मोड्दै) = ल ठिक छ, बोर्डरको विषयमा नेपाल ठिक होला, अनि प्रधानमन्त्री के.पो ओलीले चीनको भाईरस चाहिँ हल्का अनि भारतबाट आएको कोरोना भाईरस चाहिँ खतरनाक भन्नुको अर्थ के हो?
#डा_मिनेन्द्र_रिजाल = हेर्नुस्, पहिले छिमेकीलाई सम्मान गर्न सिक्नुस् ( भाईरस विषय अन्त मोड्न खोज्दै )
#भारतीय_मिडिया = भाईरसको विषय के हो?
#डा_मिनेन्द्र_रिजाल = छिमेकिलाई सम्मान गर्न सिक्नुस्। अनि हामी प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता हौं, सिमानाको विषयमा हामी हाम्रै प्रधानमन्त्रीसंग छौं, भाईसको विज्ञ म परिन जो विज्ञ होन उसैलाई गएर सोध्नु। अनि अर्को कुरा, अब आईन्दा हाम्रो देशले के गर्ने के नगर्ने भनेर तिमीहरुले हामीलाई सिकाउनु पर्दैन। तिमीहरूलाई पनि हामी सिकाउन्नौं। छिमेकी र छिमेकिका नागरिकको सम्मान गर्न सिक।
( अनि भिडियो सक्कियो।)
भिडियोमा हेर्नुस् कुराकानी
डा.मिनेन्द्र रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधिसभाका सांसद, निर्वाचित केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा प्रविधि मन्त्री (प्रधानमन्त्री सुशीला कोईरालाको कार्यकालमा) हुन्।