गाँजाले कोराना भाइरस संक्रमण रोक्न सक्छ ? यसाे भन्छन अनुसन्धानमा जुटेका वैज्ञानिकहरु

  • प्रकाशित मिति : २०७७ जेष्ठ ८, बिहीबार
  • nepaltale.com

एजेन्सी। विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस विरुद्ध खोप र औषधिको अनुसन्धानमा वैज्ञानिकहरु जुटिरहेको बेला क्यानडास्थित लेथबर्ग विश्वविद्यालयका केही वैज्ञानिकले गाँजाले कोराना भाईरस संक्रमण रोक्न सक्ने बताएका छन् ।

वैज्ञानिकहरुको अध्ययन कोरोना भाईरस संक्रमण मानव शीररको फोक्सो, आन्द्रा तथा अन्य भागमा संक्रमण निस्क्रिय गर्न सक्ने क्रियाकलापको खोजमा केन्द्रित रहेको छ । तर, उनीहरुले गाँजामाथीको अध्ययनलाई प्रश्रय दिएर अध्ययन गर्दा यसमा भाईरस रोक्न सक्ने क्षमता अत्याधिक रहेको पाईएको बताइएको छ ।

गाँजाका विभिन्न ४ सय गुणबारे अध्ययन गर्दा यसमा क्यान्सरसम्बन्धी रोगको पनि एन्टीबडी उत्पादन गर्न सक्ने क्षमता भएको पाईएको छ । वैज्ञानिकहरुले मानव शरिरको थ्रीडी नक्सा बनाई हाम्रा शरिरको श्वासप्रश्वाससम्म कसरी गाँजाले कोरोना विरुद्ध काम गर्छ भनेर अध्ययन गरेका थिए ।

गाँजाले जीवाणु संक्रमण कम गराउने भएकाले भाईरस संक्रमणविरुद्ध सकारात्मक भूमिका खेल्ने वैज्ञानिकहरुको तर्क छ । गाँजाले भाईरस सक्रिय पार्न सक्ने जीवाणु निस्क्रिय पार्न सक्छ भने अवश्य पनि संक्रमण पनि कम गराउन ठुलो मद्धत पुग्ने विश्वाश वैज्ञानिकहरुले लिएका छन् ।