मनिषा कोइरालाको पक्षमा विप्लव नेकपा, भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन माग

  • प्रकाशित मिति : २०७७ जेष्ठ ८, बिहीबार
  • nepaltale.com

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अभिनेत्री मनीषा कोइरालाले राष्ट्रियताका पक्षमा दिएको अभिव्यक्तिको विरोध गर्ने बहानामा नेपालको राष्ट्रियताविरुद्ध भारतले गरेको दुष्प्रचारको निन्दा गरेको छ।

विप्लव नेकपाको भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय सञ्चारमाध्यमले नेपालको राष्ट्रियतामाथि नै आँच आउने गरी दुष्प्रचार गरेकोमा आक्रोश व्यक्त गरेको छ। विज्ञप्ति मार्फत महासंघले सबै भारतीय च्यानलमािथ प्रतिबन्ध लगाउन माग गरेको छ।