सरकारका प्रवक्ता भन्छन्- सीमाबारे नेपालको अडान स्पष्ट छ, सहकार्य र संवादबाटै टुंग्याउनुपर्छ

  • प्रकाशित मिति : २०८३ बैशाख २१, सोमबार
  • नेपाल टेल संवाददाता

सरकारका प्रवक्ता सस्मित पोखरेलेले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग रहेकोको प्रष्ट धारणा सार्वजनिक गरिसकेको बताएका छन्। नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो भारत र चीनले खुलाएपछि विवाद भइरहेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले सीमा विवादमा समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।



उनले भने, ‘सरकारको तर्फबाट नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्रीले आफ्नो नोट जारी गरिसकेको छ । भारत सरकारले पनि सहकार्यबाटै यसको निकास निकाल्नुपर्छ भनेको छ । सीमा विवाद भइरहेको भू-भाग नेपालको हो भन्नेमा सरकार प्रतिबद्ध छ । बाँकी दुई देशका सरकारबीच सहकार्य र संवादबाट हुने कुरा हो ।’