१ सय ९१ जना पत्रकारको पिसिआर रिपोर्ट आयो

  • प्रकाशित मिति : २०७७ जेष्ठ ८, बिहीबार
  • nepaltale.com

काठमाडौंमा क्रियाशिल १ सय ९१ पत्रकारको पिसिआर बिधिबाट गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा अग्रपंक्तिमा रहेर काम गरिरहेका १ सय ९१ जना पत्रकारको स्वाव संकलन गरिएको थियो ।

पिसीआर प्रविधिबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको पत्रकार महासंघकाका केन्द्रीय सदस्य प्रकाश थापाले जानकारी दिएका छन् ।