थप ३ जनामा देखियो कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ जेष्ठ ९, शुक्रबार
  • nepaltale.com

चितवनमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका दुई र नवलपरासी पुर्वका एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

भरतपुर अस्पतालको स्रोतका अनुसार, भरतपुर महानगरपालिका- ६ का एक जना महिला र एक पुरुष तथा नवलपुर सुस्ताका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिको हो । उनिहरु सवै जना भारतबाट आएको खुलेको छ ।

भरतपुर- ६ का दुई जनामा एक महिला र एक पुरुष पुरूष रहेका छन् । उनीहरू यसअघि भारतमा उपचार गराउन गएर दुई दिन अगाडि मात्रै घर फर्केका थिए । उनीहरुको आधिकारिक विवरण केही बेरपछि सार्वजनिक गर्ने तयारीमा भरतपुर अस्पताल रहेको छ ।

तीनैजना संक्रमितकाे रातिदेखि नै उनीहरूकाे कन्ट्याक ट्रेसिङको काम सुरु भएको छ । अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

यसअघि पनि भरतपुरमा तीन जनामा कोरोना देखिएको थियो । त्यसमध्ये दुई जना निको भएर घर फर्किएका छन्, भने एक जनाको उपचार भैरहेको छ ।