आकस्मिक उपचारका बिरामीलाई मात्र स्वास्थ्य बीमाअन्तर्गत सेवा दिन निजी अस्पताललाई निर्देशन

  • प्रकाशित मिति : २०८३ जेष्ठ १९, मंगलवार
  • नेपाल टेल संवाददाता

स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई आकस्मिक उपचार आवश्यक भएका बिरामीलाई मात्र स्वास्थ्य बीमाअन्तर्गत सेवा दिन निर्देशन दिएको छ।

बोर्डले जारी गरेको सूचनामा सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार गरी दाबी पेश गरे त्यस्तो भुक्तानी नदिइने जनाएको छ।



बोर्डका अनुसार स्वास्थ्य अवस्था हेरी आकस्मिक उपचार आवश्यक देखिएका बिरामीलाई मात्र सेवा प्रदान गर्नुपर्नेछ।

उपचारका क्रममा भर्ना वा शल्यक्रिया आवश्यक भए उपचार पद्धति अनुसार सेवा दिई डिस्चार्ज गर्न सकिने उल्लेख गरिएको छ।

साथै, सेवाग्राहीलाई पनि नियमको पालना गर्न र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन आग्रह गरिएको छ।