नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन गर्ने सरकारको निर्णय

  • प्रकाशित मिति : २०७७ जेष्ठ ९, शुक्रबार
  • nepaltale.com

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर हालै जारी गेरको नक्साअनुसार निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने तयारी गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

‘संविधानको अनुसूची ३ मा रहेको निशान छापलाई संशोधन गर्नका लागि संविधान नै संशोधन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पेश गर्ने निर्णय भएको हो,’ ती मन्त्रीले लोकान्तरलाई भने ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो । बुधवार भूमिसुधार मन्त्रालयले तीनवटै क्षेत्र समेटेर नक्सा जारी गरेको थियो ।