पाकिस्तानको कराँचीमा विमान दुर्घटना

  • प्रकाशित मिति : २०७७ जेष्ठ ९, शुक्रबार
  • nepaltale.com

पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ ।

पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो । पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए ।

घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।