ग्रान्डीका बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी

  • प्रकाशित मिति : २०७७ जेष्ठ १०, शनिबार
  • nepaltale.com

ग्रान्डी अस्पतालका बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ । आज (शनिबार) बिहान संक्रमण पुष्टि भएका मध्ये एक जना संक्रमित ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेको छ।

धापासीस्थित ग्रान्डी अस्पतालबाट अहिले उनलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। संक्रमितको कन्ट्र्याक ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।