नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना

  • प्रकाशित मिति : २०७७ जेष्ठ १०, शनिबार
  • nepaltale.com

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्जको तयारी गरिएको छ ।

शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए ।

उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् । कोरोना निको हुनेमा १९ देखि ५१ वर्ष उमेरसम्मका रहेका छन् ।